बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ५० प्रतिशत उडान संख्या कम गरी आन्तरिक हवाई सेवा खुला गर्ने सरकारको निर्णय

५० प्रतिशत उडान संख्या कम गरी आन्तरिक हवाई सेवा खुला गर्ने सरकारको निर्णय

उडानकाे व्यवस्थापन गर्ने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिइएको छ। मन्त्रालयले उडान सुरु हुने मिति भने तोकेको छैन। 
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं- सरकारले उडान संख्या ५० प्रतिशत कम गरी आन्तरिक हवाई सेवा सञ्चालन गर्न अनुमति दिएको छ। सोमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले सामान्य अवस्थामा हुने उडान संख्याको ५० प्रतिशत भन्दा कम संख्यामा उडान गर्ने गरी हवाई सेवा सञ्चालन गर्न दिने निर्णय गरेको हो।  

उडान सेवा सञ्चालन गर्दा जनस्वास्थ्य मापदण्ड पूर्णपालना गर्नुपर्ने समेत मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ। 'कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान गर्ने व्यवस्था संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने’ मन्त्रिपरिषदको निर्णयमा भनिएको छ।

कोरोना संक्रमण बढेको भन्दै निषेध आदेश जारी भएपछि वैशाख २० गतेबाट उडान सेवा बन्द भएको थियो।

उडानकाे व्यवस्थापन गर्ने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिइएको छ। मन्त्रालयले उडान सुरु हुने मिति भने तोकेको छैन। 

प्रकाशित: Jun 22, 2021| 17:38 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्