बुधबार, असोज १४, २०८३

आन्तरिक हवाई उडान खुला

सरकारले आन्तरिक उडान खुला गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कुल उडान संख्यामा ५० प्रतिशत नबढ्ने गरी उडान खुला गर्ने निर्णय गरेको हो।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– सरकारले आन्तरिक उडान खुला गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कुल उडान संख्यामा ५० प्रतिशत नबढ्ने गरी उडान खुला गर्ने निर्णय गरेको हो। आन्तरिक वायुसेवा कम्पनीले सामान्य अवस्थामा हुने उडान संख्याको दाँजोमा आधा उडाउन पाउनेछन्। 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले मन्त्रालय र सरोकारवालासँग बैठक गरी आन्तरिक उडान कहिलेदेखि गर्ने भन्ने मिति तय गरिने बताए। यसका लागि बुधबार छलफल हुनेछ।

सरकारले दुबई, दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गरेको छ। सातामा एक÷एक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ। जसअनुसार काठमाडौं–दाहा सातामा ४ उडान हुने बताइएको छ।

प्रकाशित: Jun 22, 2021| 14:31 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्