बुधबार, असोज १४, २०८३

चर्को हवाई भाडा असुलीबारे छानबिन गर्न समिति गठन

छानबिन समितिको संयोजकमा नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक राजन पोख्रेल छन्। पोखरेल संयोजकत्वको टोलीमा  ५ सदस्य छन्। 
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं- निषेध आदेशका बेला तोकिएभन्दा चर्को हवाई भाडा असुलेको सम्बन्धमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। यात्रुबाट बढी भाडा लिएको गुनासो आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले छानबिन समिति गठन गरेको हो।  

छानबिन समितिको संयोजकमा नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक राजन पोख्रेल छन्। पोखरेल संयोजकत्वको टोलीमा  ५ सदस्य छन्। 

‘केही ट्राभल एजेन्सीहरुले तोकिएको तोकिएको भाडादर भन्दा अत्यधिक चर्को भाडा असुल गरेको भन्ने गुनासोका सन्दर्भमा विस्तृत छानबिन गर्न तथा सम्बन्धित निकायको कानुनी कारबाहीको सिफारिस गर्न समिति गठन गरिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 
 

प्रकाशित: Jun 22, 2021| 10:15 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्