आइतबार, साउन १७, २०८३

जेष्ठ नागरिकलाई दोस्रो डोज खोप तत्काल लगाइदिन सर्वोच्चको आदेश

२०७७ फागुनमा पहिलो डोज खोप लगाएका उनीहरुले चार महिना बितिसक्दासमेत दोस्रो डोज खोप लगाउन पाएका छैनन्। करिब १४ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन पाएका छैनन्। 
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं- सर्वोच्च अदालतले जेष्ठ नागरिकहरुलाई तत्काल दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलासले कोरोनाविरुद्धको दोस्रो डोज खोपको व्यवस्था गर्न सरकारका नाममा आदेश जारी गरेको हो। 

काभ्रेपलान्चोक र सुर्खेतका दुई जेष्ठ नागरिकले तत्काल दोस्रो डोजको खोपको व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

२०७७ फागुनमा पहिलो डोज खोप लगाएका उनीहरुले चार महिना बितिसक्दासमेत दोस्रो डोज खोप लगाउन पाएका छैनन्। करिब १४ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन पाएका छैनन्। 

प्रकाशित: Jun 22, 2021| 09:44 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्