काठमाडौं- रुसमा जारी विश्वकपका विषयमा सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटर निकै सक्रिय भएका छन् । नेपाली पात्रो अनुसार जेठ ३१ देखि शुरु भएको विश्वकपको उद्घाटन खेलदेखि नै अप्रत्यासित नतिजा आउन थालेपछि सामाजिक सञ्जालमा बहसको मसला थपिएको छ ।
विश्वकपको उद्घाटन खेलमा फिफा वरियताको ७० औं नम्बरमा रहेको रुसले ६७ औं नम्बरको साउदीलार्इ हरायो । रुसका लागि गृह मैदान भएको तथा विश्वकप छनोटमा खासै राम्रो पर्दशन गर्न नसकेको साउदी पराजित हुने अनुमान गरिएपनि ५-० गोलले पछारेपछि रुसको लुज्निकि स्टेडियतीर तेस्रिएका आँखाहरु चकित भए ।
दोस्रो दिनको पहिलो खेलमा अन्तिम ९० मिनेटमा उरुग्वेका लागि जोश जिमिजले गरेको गोलले इजिप्ट पराजित भयो । त्यसैगरी असार १ गते शुक्रबारको दोस्रो खेलमा मोरक्को जित्छ भन्ने अनुमान गरिएको थियो तर, त्यो भएन । मोरक्कोले इरानलार्इ दिएको आत्मघाती गोल नै मोरक्कोका लागि घातक बन्यो ।
शुक्रबारकै तेस्रो खेलमा पुर्व विश्वकप विजेता स्पेनले खासै राम्रो पर्दशन गर्न नसकेपछि पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोको ह्याट्रीकले स्पेनबाट अंक खोस्न सफल भयो ।
शनिबारको खेलमा फ्रान्ससँग अष्ट्रेलिया पराजित भयो भने नवप्रवेशी आइसल्याण्डले अर्जेन्टिनालार्इ १-१ को बराबरीमा रोक्यो । त्यसैगरी पेरुले पेनाल्टी मिस गर्दा डेनमार्क विजयी भयो । नाइजेरियासँग क्रोएसिया २-१ ले पराजित भयो भने सर्वियाले कोस्टारिका हराउनु तथा सन् २०१४ को विश्वकप विजेता जर्मनीलार्इ मेक्सिकोले हराउनु र ब्राजिललार्इ स्वीजरल्याण्डलार्इ रोक्नु अप्रत्याशित भएको भन्दै सामाजिक सञ्जालमा विभन्न प्रतिक्रियाहरु आउन थालेका छन् ।
नेपालमा विशेषगरी जर्मनी, अर्जेन्टिना, ब्राजील र स्पेनका फ्यान धेरै छन् । जसले समुह चरणमा राम्रो पर्दशन गर्न सकेनन् । स्पेनी फ्यानहरुलार्इ निकै उत्साहीत भएर प्रतिक्रयाहरु दिएका छन् ।
प्रतिक्रयाहरु हेर्दा सामाजिक सञ्जाल फेसबुक अलि भड्किलो देखिएको छ भने ट्वीटर तुलनात्मक रुपमा भद्र र संयमी छ ।
फेसबुकमा कसले के भने ?






ट्वीटरमा कसले के लेखे ?
सुमन खरेल (सञ्चारकर्मी)
शक्तिशाली भनिएका माथि कमजाेरकाे विजयले संधै याे मन प्रसन्न हुन्छ। धन्यवाद मेक्सिकाे ! याे प्रसन्नताकाे लागि ! #WorldCupFever
— Suman Kharel (@kharel8) June 17, 2018
विश्वप्रकाश शर्मा (नेपाली कांग्रेस प्रवक्ता)
आफुले समर्थन गरेको टिमले विश्वकप जितोस्´ भन्ने कामना गरिरहंदा, मुख्य प्रतिस्पर्धी कुनैपनी टिमको पराजय कामना गर्नु सुसंस्कृत दृस्टिभाव हुन सक्दैन !
आज राती ११.४५ को खेल ब्राजिलले यी `थ्री स्टार´ को कौशल साथ जितोस् र जित्नुपर्छ भन्ने कामना साथ टिम ब्राजिललाई हार्दिक शुभकामना !! pic.twitter.com/VjrRFcUrQQ
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 17, 2018
केपी ढुंगाना (पत्रकार)
सलाम आइसल्याण्ड, मेक्सिको अनि स्विजरल्याण्ड !
गजव ! गजव !! अद्भुद् !!!
विरासत भत्कने यसरी नै हो।
— KP Dhungana (@kpdhungana) June 17, 2018
मिरा ढकाल
बराबर, तिम्राे हाम्राे माया बराबर । स्वीजरलेन्डले ब्राजीललाइ मिठाे बराबरी गर्याे । अाशा छ ब्राजील फ्यानहरू जील खाएकाे कारण चुरीफुरी अलिक कम गर्नुहुनेछ । धन्यवाद ।
— Mira Dhakal (@dhakalmira) June 17, 2018
बाबुराम भट्टरार्इ (संयोजक नयाँशक्ति)
Well done giant-killer, Mexico! It seems this World Cup will go to underdogs!
— Baburam Bhattarai (@brb1954) June 17, 2018
राज बल्लभ कोइराला (अभिनेता)
ब्राजिल चेन्ज
अर्जेन्टिना चेन्ज
जर्मनी चेन्ज
तिमी चेन्ज
म चेन्ज
यो संसार हिजोको जस्तो रहेन बाबै ..
— Raj Ballav Koirala (@RajBallav) June 17, 2018
रबी मिश्र (कार्टुनिष्ट)
खुसी लाग्या छ, धन्न ब्राजिल Vs स्विजरल्याण्डको खेल बराबरीमा टुंगिएछ, ब्राजिलले हारेनछ | खुसी ब्राजिलको लागी भन्दा पनि नेपालको लागी हो | ब्राजिलले जित्दा र्याली निकाल्ने नेपाली समर्थकले हार्दा नेपाल बन्दै गर्न के बेर ? ;)
— Rabi Mishra (@rabimishra) June 18, 2018
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४