बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पाँच दिनमा दुई सय अंकले घटेको नेप्सेमा उत्साहजनक वृद्धि

पाँच दिनमा दुई सय अंकले घटेको नेप्सेमा उत्साहजनक वृद्धि

पाँच दिनमा करिब दुई सय अंकले ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) आज मंगलबार एकैदिनमा ७९.४६ अंकले उकालो लागेर २९१३.८४ अंकमा अडिएको छ।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– पाँच दिनमा करिब दुई सय अंकले ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) आज मंगलबार एकैदिनमा ७९.४६ अंकले उकालो लागेर २९१३.८४ अंकमा अडिएको छ।

गत हप्तादेखि ओरालो लागेको बजार सोमबार ७२ अंकले ओरालो लागेको थियो। तर मंगलबार भने यसले फेरि उकालो यात्रा तय गरेको छ। नेपाल धितोपत्र बोर्डले हालै जारी गरेको प्रेस विज्ञप्तिले बजारलाई ओरालो लाग्न मद्दत गरेको बताइएको थियो। तर, आज पुनः उकालो लागेको छ।

बजार उकालो लाग्नुपर्ने कुनै कारण नदेखिएको सेयर विश्लेषक निरव पुडासैनी बताउँछन्। भन्छन्, ‘केही दिन धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिको गलत व्याख्या हुँदा बजार ओरालो लागेको हो। अर्थतन्त्रका सम्पूर्ण सूचक ओरालो लागेको बेला सेयर बजार उकालो लाग्नु अस्वाभाविक हो।’ बजार ओरालो लागेपछि ठूला लगानीकर्ताले विभिन्न प्रकारका गलत प्रचार गरेर फेरि बजार बढाएर आफू सुरक्षित हुनका लागि चलखेल गरिरहेको पुडासैनीको भनाइ छ। 

मंगलबार सेयर बजारमा कारोबार रकम भने घटेको छ। यसदिन २२५ कम्पनीको १० अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसदिन ३३ वटा कम्पनीले ९ प्रतिशतभन्दा बढीले कमाएका छन् भने जानकी फाइनान्स, वरुण हाइड्रोपावर, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, न्यादी गु्रप पावर कम्पनी र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको सकारात्मक सर्किट लागेको छ।

यसदिन १४ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। मंगलबार सबैभन्दा बढी पुनर्बिमा कम्पनीको सेयर किनबेच भएको छ। 

प्रकाशित: Jun 22, 2021| 09:42 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्