सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीसँगै चीन जाने जम्बो टोलीमा परेका ११९ जना कोको हुन् ?

ओलीसँगै चीन जाने जम्बो टोलीमा परेका ११९ जना कोको हुन् ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली एक सय १९ सदस्यीय जम्बो टोली लिएर चीन जाँदैछन् । औपचारिक भ्रमणका लागि प्रधानमन्त्री नेतृत्वको टोली मंगलबार चीनतर्फ प्रस्थान गर्नेछ ।

प्रधानमन्त्रीले ४८ जनालाई अफिसियल, ५२ जना व्यवसायिक, आठ जना नेपालस्थित चिनियाँ दुतावासका प्रतिनिधि र सञ्चार क्षेत्रका ११ सहित एक सय १९ जनाको जम्बो टोली लिएर चीन जानेछन् । भ्रमणका लागि हिमालय एयरको चार्टर विमान प्रयोग गरिनेछ ।

टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली छन् । त्यस्तै उर्जा, जलस्रोत तथा सिँचाई वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महाशेठ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युतपूसाद मैनाली, संघीय संसदका सांसद जनार्दन शर्मा, जयपुरी घर्तीमगर, विशाल भट्टराई, प्रेमबहादुर आले, राजेन्द्रकुमार केसी, निर्जला राउत, पार्वती डीसी चौधरी, नैनकला ओझा, सुरेन्द्रकुमार यादव टोलीमा सहभागी हुनेछन् ।

भ्रमण टोलीमा परराष्ट्र मामिलाका जानकार डा राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी, उद्योग तथा वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयका सचिव मधुसुधन अधिकारी, लगानी बोर्डका कार्यकारी निर्देशक महप्रसाद अधिकारी पनि समावेश रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

टोलीमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डाक्टर दिव्यसिंह शाह, स्वकीय सचिव राजेश बर्जाचार्य, जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङल्हामु गुरुङ सहभागी छन् ।

त्यस्तै गोरखापत्रका रामप्रसाद हुमागाईँ, कान्तिपुर दैनिकका सुधीर शर्मा, द काठमाडौं पोस्टका अखिलेश उपाध्याय, नागरिक दैनिकका गुणराज लुईटेल, माई रिपब्लिकाका सुबास घिमिरे, अन्नपूर्ण पोस्टका राजाराम गौतम, रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला, एभिन्युज टीभीका शिव दाहाल, नयाँ पत्रिकाका प्रमिला देवकोटा प्रधानमन्त्री नेतृत्वको टोलीमा सहभागी भएर चीन जाँदैछन् ।
 
त्यस्तै प्रधानमन्त्रीले अफिसियल मिडियाका रुपमा  रेडियो नेपालका हरिशरण लामिछाने, नेपाल टेलिभिजनका निराजन खनाल, राष्ट्रिय समाचार समितिका हरि लामिछानेलगायतलाई चीन लैजाने छन् ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।