काठमाडौं - स्थानीय, प्रदेश र संघीय संसदको निर्वानमा पराजय बेहोरेको नेपाली कांग्रेस राष्ट्रिय सभाको कार्यकल निर्धारण गर्न गोला प्रथा अपनाउँदा समेत असफल भएको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका राष्ट्रियसभामा रहेका १३ सांसदमध्ये सात सांसदको कार्यकाल २ बर्षमा सीमित भएको छ । यसरी कार्यकाल निर्धारण गर्दा २ बर्षे गोला तानेर संसदीय दलका नेता सुरेन्द्रप्रसाद पाण्डे, प्रमुख सचेतक सरिता प्रसाईं र केन्द्रीय सदस्य बद्री पाण्डेको कार्यकाल २ बर्षे भएको हो।
दुई बर्षे कार्यकाल भएका कांग्रेसका अन्य सांसदहरुमा दुर्गादत्त उपाध्याय, मीनाकुमारी यादव, धनकुमारी खतिवडा र बिन्दा आले छन्।
कांग्रेसका दुई सांसद तारादेवी भट्ट, राधेश्याम अधिकारीको कार्यकाल ४ बर्षको छ भने चार सांसद रमेशजंग रायामाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको कार्यकाल भने ६ बर्ष भएको छ।
राष्ट्रियसभाका दुई सांसद बृषेशचन्द्र लाल र रमेश प्रसाद यादब तथा फोरमका रामपृत पासवानको कार्यकाल पनि २ बर्षे भएको छ। फोरमकी अर्की सांसद प्रमिला कुमारीको भने ४ बर्ष कार्यकाल निर्धारण भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४