बुधबार, असोज १४, २०८३

पठाओको राइड सेयरिङ सेवा सुरु

कोरोना महामारीका कारण भएको निषेध आदेशले रोकिएको पठाओको राइड सेयरिङ सेवा आजदेखि सुरु भएको छ।
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं– कोरोना महामारीका कारण भएको निषेध आदेशले रोकिएको पठाओको राइड सेयरिङ सेवा आजदेखि सुरु भएको छ। सरकारले सवारीमा जोर बिजोर प्रणाली लागू गरेसँगै मंगलबारबाट पुनः सञ्चालनमा आएको हो।

पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातका अनुसार सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डअनुसार राइड सञ्चालन गरिनेछ।  उनले आफूहरुले एप सञ्चालन गर्ने र एपमा दर्ता भएका सवारीसाधनले सेवा दिन सक्ने बताए।

आइतबार उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले निश्चित संख्यामा यात्रु राखेर ट्याक्सी र कार समेत सञ्चालन हुन दिने निर्णय गरेका थिए। टुटल, पठाओ पनि जोरबिजोर नम्बरकै आधारमा चलाउन पाइनेछ।

प्रकाशित: Jun 22, 2021| 04:37 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्