सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसले भन्यो : बजेट कार्यकर्ता पाल्ने मेसो मात्रै

कांग्रेसले भन्यो : बजेट कार्यकर्ता पाल्ने मेसो मात्रै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश–७ को सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको बजेट कार्यकर्ता पाल्ने मेसो मात्रै भएको टिप्पणी गरेको छ ।

बजेटमा पूँजीगत खर्च भन्दा चालु खर्चको दर उच्च हुनु नै बजेटको ठुलो कमजोरी भएको प्रतिपक्षी दलको आरोप छ ।

‘साधारणतया २० प्रतिशतसम्म चालु खर्च र ८० प्रतिशत पूजीजिगत खर्च समेटेर ल्याइने बजेटलाई उत्कृष्ट मान्न सकिन्छ’ कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले भने-‘पूँजिगतभन्दा चालु खर्च सात प्रतिशत बढी हुनुले नै बजेट कत्तिको दुर्गामी छ भन्ने कुरा स्पस्ट हुन्छ ।’

बजेटले तत्कालका लागि कार्यकर्तालाई खुशी बनाउने बाहेकको अन्य कुनै उपलब्धी हाँसिल नगर्ने उनको टिप्पणी छ । बजेट कार्यान्वयन कसरी गर्ने भन्ने बारेमा समेत स्पष्ट नखुलाईएको रावलले बताए ।

सोमबारको प्रदेशसभा बैठकमा बोल्दै रावलले सरकारले ल्याएको गन्तब्यहिन बजेटकै कारणले संघीयता खतरामा पर्ने देखिएको आरोप लगाए ।

सरकार लगाम बिनाको घोडा बनेको टिप्पणी गर्दै रावलले भने, ‘कार्यक्रम तथा योजना निर्माण गरेपनि कार्यान्वयन कसरी गर्ने भन्ने कुरा खुलाइएको छैन । अर्थ मन्त्रालयले अँझै धेरै बजेट आफ्नै मातहतमा राखेको छ, आफूले चाहेको ठाउँमा खर्च गर्न बजेट ल्याएको देखिन्छ ।’


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।