सोमबार, असार २९, २०८३

राष्ट्रियसभामा कुन सांसदको कति कार्यकाल ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रियसभाको गोलाप्रथामा नेपाल कांग्रेसका सांसदहरु अभागी ठहरिएका छन् । गोला तान्दा कांग्रेसका अधिकांश सांसदहरुलाई दुई वर्षे कार्यकाल परेको छ ।

राष्ट्रियसभामा रहेका कांग्रेसका तीन केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, सचेतक सरिता प्रसाई र बद्री पाण्डेले आफूलाई दुई वर्षे कार्यकालमा सीमित पारे ।

६ बर्षे कार्यकाल हुने सांसदहरु

महिला कोटाबाट मनोनित सांसदहरु बिना पोखरेल, प्रमिला कुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चापागाईं, इन्दु कडरियाले ६ वर्षको कार्यकाल रोजेका छन् ।

त्यस्तै प्रदेशबाट मनोनित प्रदेश १ का रमेशजंग रायामाझी, प्रदेश २ का जितेन्द्रनारायण देव, प्रदेश ३ का रामबहादुर थापा बादल, प्रदेश ४ का गणेश तिमल्सिना (राष्ट्रियसभा अध्यक्ष), प्रदेश ५ का खिमलाल भट्टराई, कर्णाली प्रदेशका  भैरवसुन्दुर श्रेष्ठ र प्रदेश ७ का हरिराम चौधरीले पनि ६ वर्षे कार्यकाल रोजेका छन् ।

त्यस्तै दलित कोटाबाट मनोनित सांसदहरु नरपति लोहार, सिंहबहादुर विश्वकर्माले पनि ६ वर्षे कार्यकाल पाएका छन् ।

अपांगता कोटाबाट चयन भएका प्रकाश पन्थ, महेशकुमार महरा र रामचन्द्र राय तथा राष्ट्रपतिबाट मनोनित बिमला राई पौडेलले पनि ६ वर्षे कार्यकालको तानेकाछन् ।
 
४ बर्षे कार्यकाल हुने सांसदहरु

महिला कोटाबाट मनोनित सांसदहरु नेकपाका नैनकला ओझा, शशिकला दाहाल (उपाध्यक्ष राष्ट्रियसभा), उदश शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल वली, कवित बोगटी र नेपाली कांग्रेसकी तारादेवी भट्टको कार्यकाल चार वर्ष तय भएको छ ।

त्यस्तै प्रदेश १ का परशु मेघी गुरुङ, प्रदेश २ का सुमनराज प्याकुरेल, प्रदेश ३ का राधेश्याम अधिकारी, प्रदेश ४ का दिनानाथ शर्मा, प्रदेश ५ का चन्द्रबहादुर खड्का, कर्णाली प्रदेशका ठगेन्द्रप्रकाश पुरी, प्रदेश ७ का शेरबहादुर कुँवरको पनि कार्यकाल चार वर्ष तय भएको छ ।

राष्ट्रपतिबाट मनोनित रामनारायण बिडारी तथा चक्रप्रसाद स्नेही, रामलखन चमार, खिमबहादुर विक तथा अपांगता कोटाबाट सांसद बनेका अगम बान्तवा र जीवन बुढाको कार्यकाल चार वर्ष छ ।

२ बर्षे कार्यकाल भएका सांसदहरु

महिलाबाट मनोनित सरिता प्रसाईं, मीनाकुमारी यादव, धनकुमारी खतिवडा,  बिन्दा आले, नेका, मीना बुढा, युटर्न तामाङ, र कमला ओलीको कार्यकाल दुई वर्ष छ भने, प्रदेश १ का हरिश्चरण शिवाकोटी, प्रदेश २ का रमेशप्रसाद यादब, प्रदेश ३ का बलराम बास्कोटा, प्रदेश ४ का सुरेन्द्रप्रसाद पाण्डे, प्रदेश ५ का दुर्गादत्त उपाध्याय, कर्णाली प्रदेशका कालीबहादुर मल्ल, प्रदेश ७ का बद्रीप्रसाद पाण्डेको कार्यकाल दुई वर्ष तय भएको छ ।

त्यस्तै राष्ट्रपतिबाट मनोनित युवराज खतिवडा, दलितकोटाका खेमराज नेपाली, रामपृत पासवानले दुई वर्षे कार्यकालको चिठ्ठा तानेका छन् ।

अपांगता कोटाका राजकुमार कुँवर, बृषेशचन्द्र लालले दुई वर्षको कार्यकाल रोजेका छन् ।



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।