सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभामा गोला प्रथाः भाग्यमानी गृहमन्त्री, अभागी अर्थमन्त्री

राष्ट्रियसभामा गोला प्रथाः भाग्यमानी गृहमन्त्री, अभागी अर्थमन्त्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं : एउटा भनाइ छ कम्युनिस्टहरु भाग्यमा विश्वास गर्दैनन् । उनीहरु कर्ममा विश्वास गर्छन्। तर सोमबार राष्ट्रिय सभाको सदस्यको पदावधिका लागि भएको गोल प्रथामा भने उनीहरु, हे भगवान मेरो भाग्यले साथ देओस्  भन्ने मुडमा देखिन्थे। किन कि गोला तान्नेहरु सबै छ बर्षको  कार्यकाल परोस् भन्नेमा थिए।

सोमबार संसद भवन वानेश्वरमा आयोजित गोल तान्ने कार्यक्रममा सबैभन्दा अनुहार चम्किलो बनाए गृहमन्त्री रामबहादुर थापा बादलले।  प्रदेश नं ३ बाटा पहिलो गोला तान्ने बलराम बाँस्कोटाले  २ बर्षमा चित्त बुझाउनु परेको थियो। लगतै  दोस्रोमा गोला तानेका नेपाली कांग्रेसका राधेश्याम अधिकारीले चार बर्षको तानेपछि यो समूहबाट छ बर्षे गोला बादललाई परेको थियो।

त्यसैगरी अर्का भाग्यमानी सदस्य ठहरिए राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना । उनी  बर्णानुक्रम अनुसार प्रदेश ६ बाट पहिलो गोला तान्नेमा परेका थिए। उनले पहिलो गोला  ६ वर्षको ताने। सबैले हलमा ताली बजाए।  

राष्ट्रियसभाको अध्यक्ष निर्वाचित उनी २ बर्षको गोला तानेको भए अवधी सकिएपपछि अध्यक्षमा समेत नयाँ चुनाव गर्नुपथ्र्यो। सोही प्रदेशको तर्फबाट गोला तान्ने राष्ट्रियसभामा सत्तापक्षका नेता दिनानाथ शर्माले ४ बर्षको गोला ताने। राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता रहेका सुरेन्द्र पाण्डेले भने २ बर्षको गोला ताने।

राष्ट्रपतिबाट मनोनितको समूहबाट पहिलो गोला तान्ने मौका युवराज खतिवडाले पाएका थिए। तर उनी अभागी ठहरिए। उनले दुई बर्षको गोला ताने।  यसकारण उनी अभागि ठहरिए कि अव २ बर्ष पछि उनी मन्त्री समेत हुन पाउने छैनन् ।

तर राष्ट्रपपतिबाट मनोनितको बाटो भने उनको बन्द भएको छैन। उनलाई  आवश्यकता पर्दा फेरि राष्ट्रपतिबाट मनोनय गर्ने बाटो खुल्ला  छ ।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।