सोमबार, चैत ९, २०८२

तीस मिनेट योग गरे शरीर सधैं स्वस्थ

‘योगलाई शरीर व्यायामको सीमित बुझाइको घेरामा राख्ने गरिएको छ,’ योग प्रशिक्षक तथा विज्ञ शान्त खरेल भन्छन्, ‘योग भनेको यो प्रकृतिलाई बुझ्ने बृहत् आयाम हो। न यो कुनै धर्मसँग मात्र सम्बन्धित छ न कुनै कर्मकाण्डको अनुष्ठान हो।’
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडाैं- मार्च २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालिएको सात वर्ष भएको छ। कोरोना महामारीका कारण योग दिवसका सभासमारोह नभए तापनि विभिन्न संघसंस्थाले बेविनार गरेर योगलाई मूलप्रवाहमा ल्याउने काम गरिरहेका छन्।

National life

शरीरको प्रतिरक्षा शक्ति बढाउन योग प्रभावकारी भएको कुरा कोरोना महामारीले अझ व्यापक बनाएको सम्बद्ध विज्ञ बताउँछन्।

‘योगलाई शरीर व्यायामको सीमित बुझाइको घेरामा राख्ने गरिएको छ,’ योग प्रशिक्षक तथा विज्ञ शान्त खरेल भन्छन्, ‘योग भनेको यो प्रकृतिलाई बुझ्ने बृहत् आयाम हो। न यो कुनै धर्मसँग मात्र सम्बन्धित छ न कुनै कर्मकाण्डको अनुष्ठान हो।’

योगका सिद्धान्त संस्कृत भाषामा छ। यसका आदिम व्याख्याता ऋषिमुनि हुन्। ‘त्यसैले योगलाई हिन्दूधर्म विशेषको अनुष्ठानका रुपमा मात्र बुझ्दा योगप्रति पूर्वाग्रह तथा सीमितता भएको हो,’ खरेल भन्छन्, ‘वास्तवमा योग आफूलाई चिन्ने एउटा टुल हो। विधि हो। यसले व्यक्तिको व्यक्तिगत चेतनालाई बुझेर, चिनेर प्रकृतिमा भएको महाचेतनामा पुग्ने आधार दिन्छ। यो रुपमा बुझाउन नसकिँदा योग सीमित भएको हो।’

विदशीले बुझे, नेपालीले बुझेका छैनन्

Laxmi sunrise bank
kumari

भारतलगायत विभिन्न मुलुकमा योगको व्यापक विस्तार हुँदै गएको छ। योग प्रशिक्षक विजय सुवेदीका अनुसार भारतमा योगको पढाइ स्वास्थ्य विज्ञानका रुपमा व्यापक हुँदै गएको छ। ‘योगमा एमडी गर्ने तथा जीवनवृत्तिका रुपमा अपनाउनेको संख्या बढिरहेको छ,’ उनी भन्छन्।

‘विदेशमा ब्रिदिङ एक्सरसाइज, अल्टरनेटिभ ब्रिदिङ, माइन्डफुलनेसका नयाँनयाँ नाममा योगका प्राणायाम, विपश्यनालगायतका विधिको अभ्यास भइरहेको छ,’ सुवेदी भन्छन्, ‘ती योगका कुरा हुन् भन्ने हामीले बुझाउन सकेका छैनौं।’

'यसले शरीर, मन र विवेकलाई धारिलो बनाउँछ। आफ्नै शक्तिलाई चिन्ने, आफैंलाई चिन्ने विधि यो योग। अबको युग भनेको नै योगको युग हो। त्यसैले यसलाई प्रवर्धन गर्न ढिलाइ गर्नु भनेको हामी पछि पर्नु हो।’

योग शुद्ध अभ्यासजनित अनुभव हो। यसले व्यक्तिलाई पूर्ण सतर्क बनाउँदै प्रकृति जीवन पद्धति जिउने आधार दिन्छ। सुवेदी भन्छन्, ‘विदेशीले योगको गुह्य बुझेर नयाँनयाँ ढंगले यसलाई प्रवर्धन गरिरहेका छन् तर हामीलाई भने यसको ज्ञान छैन।’

योग सयौं वर्षमा परिस्कृत हुँदै आएको अभ्यासजनित अनुभव हो। जसले योग गर्छ, उसले अनुभव गर्छ। सुवेदी भन्छन्, ‘त्यो अनुभव फलदायी नै हुन्छ। यसले शरीर, मन र विवेकलाई धारिलो बनाउँछ। आफ्नै शक्तिलाई चिन्ने, आफैंलाई चिन्ने विधि यो योग। अबको युग भनेको नै योगको युग हो। त्यसैले यसलाई प्रवर्धन गर्न ढिलाइ गर्नु भनेको हामी पछि पर्नु हो।’

३० मिनेटको व्यायाम, प्राणायाम र ध्यान

बढ्दो तनाव तथा प्रतिस्पर्धी जीवन पद्धतिले मान्छेको सोचलाई बिगारिरहेको सन्दर्भमा मान्छेलाई ठिक मार्ग ल्याउन योग एउटा अचुक उपाय भएको विज्ञ बताउँछन्।

‘मान्छेले अन्य विषयमा सबै समय बर्बाद गरिरहेको छ तर आफ्नै लागि भनेचाहिँ ऊसँग समय छैन। अहिलेको बढ्दो विकृति र बेथितिको जड नै यही हो,’ सुवेदी भन्छन्, ‘त्यसलाई सही मार्गमा ल्याउन पनि योग गर्नुको विकल्प छैन।

‘प्रसिद्ध लेखक तथा इतिहासका प्रोफेसर योभल नोहा हरारीले दिनहुँ ३० मिनेट विपश्यना ध्यान गर्छन्,’ सुवेदी भन्छन्, ‘उनले भनेपछि मान्छेले पत्याउन थाले। जबकि विपश्यनालगायतको ध्यान विधि त हामीसँग सयौं वर्षदेखि छ नि।’

मन तथा शरीरमा जमेर बसेका अनावश्यक विषयलाई हटाएर मन तथा शरीरलाई कञ्चन पार्ने कार्यलाई योग भनिन्छ। योगको शाब्दिक अर्थ हो, जोड। आत्माको परमात्मासँगको मिलन गराउने ज्ञान वा विधा नै योग हो।

दिनमा कम्तीमा तीस मिनेट योग ध्यान गर्नुपर्ने धारणा खरेलको छ। ‘हामीले दस मिनेट व्यायाम, दस मिनेट प्राणायाम र दस मिनेट ध्यान गरेर तीस मिनेट योग गर्ने जीवन पद्धति अँगाल्न सक्यौं भने शरीर र विचार जहिल्यै निरोगी हुन्छ,’ उनी भन्छन्, ‘त्यति मात्र गर्दा पनि स्वास्थ्यमा हुने अर्बाैं खर्च जोगिन्छ।’

के हो त योग?

योग सूत्रले भनेको छ, ‘योगश्चः चित्तवृत्ति निरोधः’ अर्थात् चित्तमा भएका वृत्तिलाई शुद्धि गर्ने काम नै योग हो। यसर्थ मन तथा शरीरमा जमेर बसेका अनावश्यक विषयलाई हटाएर मन तथा शरीरलाई कञ्चन पार्ने कार्यलाई योग भनिन्छ। योगको शाब्दिक अर्थ हो, जोड। आत्माको परमात्मासँगको मिलन गराउने ज्ञान वा विधा नै योग हो।

योगले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्दछ। योगका विभिन्न प्रकार छन्।

हाल प्रचलित अष्टांग योगका आठ अंग यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन्। पहिलो चार अंग यम, नियम, आसन, प्राणायाम अष्टांग योगका बहिरी पक्ष हुन्। जुन शरीरका बाह्य पक्षका साधनाका लागि हुन्। प्रत्याहार, धारणा, ध्यान र समाधि भने भित्री पक्ष हुनु, जुन आत्मचिन्तनद्वारा साधना गर्न प्रयुक्त हुन्छन्।

सनातन कालदेखि नै चलिआएको योगलाई सूत्रबद्ध गर्ने काम इसापूर्व ४०० तिरका पतञ्जली ऋषिले गरेका हुन्।

प्रकाशित: Jun 21, 2021| 04:30 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्