आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विद्युतीय सवारीसाधनसम्बन्धी मापदण्ड स्पष्ट गर्न नाइमाको आग्रह

विद्युतीय सवारीसाधनसम्बन्धी मापदण्ड स्पष्ट गर्न नाइमाको आग्रह

 |  आइतबार, जेठ ३, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३, २०८३

काठमाडौं- नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी प्राविधिक मापदण्ड र परीक्षण प्रक्रियामा स्पष्टता आवश्यक रहेको जनाएको छ।

National life

नाइमाले प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा आयात हुने ईभी सवारीसाधन अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन हुने भएकाले तिनको परीक्षण तथा प्रमाणीकरणमा एकरूपता हुनुपर्ने बताएको हो। संस्थाले विभिन्न निकायबाट फरक–फरक व्याख्या र प्रक्रिया अपनाइँदा उद्योगी, व्यवसायी तथा उपभोक्तामा अन्योल सिर्जना भएको उल्लेख गरेको छ।

संस्थाका अनुसार हाल प्रयोगमा रहेका परीक्षण तथा प्रमाणीकरण प्रक्रियालाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार व्यवस्थित र स्पष्ट बनाइनु आवश्यक छ। नाइमाले प्राविधिक मूल्यांकन, परीक्षण मापदण्ड तथा नियामकीय व्यवस्थामा समन्वय गरी एकीकृत प्रणाली लागू गर्न सरकारसँग आग्रह गरेको छ।

नाइमाले विद्युतीय सवारीसाधन स्वच्छ ऊर्जा उपयोग, दिगो यातायात प्रणाली विकास तथा वातावरण संरक्षणका लागि महत्वपूर्ण माध्यम भएकाले यस क्षेत्रको विकासमा स्पष्ट नीति र व्यवहारिक व्यवस्था आवश्यक रहेको पनि जनाएको छ।

प्रकाशित: May 17, 2026| 10:54 आइतबार, जेठ ३, २०८३
प्रतिक्रिया दिनुहोस्