सोमबार, असार २९, २०८३

'ओली सरकार टिक्दैन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्षसम्म नटिक्ने दाबी गरेका छन् । उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढेको बताउँदै बहुमत प्राप्त सरकार भएपनि पाँच वर्षसम्म नचल्ने बताए ।

नेपाल प्रेस युनियन धनुषाले सोमबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा खाँणले भने, 'पदार्थ निर्माण भइसके पछि भत्किने क्रम सुरु हुन्छ । एमाले र माओवादी एकीकरण भयो, अब टुक्रा हुन्छ ।' अन्य कुनै कारणले नभई दुई कम्युनिष्ट पार्टीकै कारण सरकारले नटिक्ने उनको विश्लेषण छ ।

फरक मत र सिद्धान्त बोकेकाहरुसँग सहिष्णु हुन नसक्नु ठूलो समस्या रहेको बताए । दुई तिहाईको दम्भ देखाएर सरकार तानाशाही शैलीमा अगाडी बढी भन्दै उनले सरकारको निरंकुश व्यवहार काँग्रेसलाई सह्य नहुने बताए ।

राणा र राजाको निरंकुशता समेत नेपाली जनताको सामुन्ने ध्वस्त भएको स्मरण गराउँदै नेता खाँढले फेरि उस्तै व्यवाहार दोहरिए चुप लागेर नबस्ने चेतावनी दिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।