सोमबार, असार २९, २०८३

प्रहरी महानिरीक्षक किन उडे अमेरिका ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिका प्रस्थान गरेका छन्। 

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखको द्धितीय सम्मेलन-२०१८ मा भाग लिन आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । 

असार ६ गते शुरु हुने उक्त सम्मेलनमा विश्व शान्ति तथा सुरक्षामा देखिएका चुनौतीको रोकथाममा सदस्य राष्ट्रका प्रहरीबीच सहकार्य वृद्धि गर्ने, राष्ट्रहरुबीच सुरक्षामा देखिने चुनौती तथा खतराविरुद्द संयुक्त राष्ट्र संघ तथा कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय गर्ने विषयमा छलफल हुनेछ । 

यस्तै संयुक्त राष्ट्र संघीय मिसनमा खटिई हासिल गरेका ज्ञान तथा सीपलाई आफ्नो कार्यक्षेत्रमा सर्वोत्तम उपयोग गर्ने र प्रहरीको क्षमता तथा योग्यता वृद्धि गरी थप प्रभावकारिता ल्याउने र भविश्यमा अन्तरदेशीय सूचना सञ्जालका लागि साझा मञ्च स्थापना गर्ने विषयमा समेत छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उनीसँगै प्रहरी उपरीक्षक दानबहादुर कार्कीसमेत त्यसतर्फ प्रस्थान गरेका छन् । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।