आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ८० करोड ठगीका आरोपित गुडविल सहकारीका ३ पूर्वसञ्चालकलाई धरौटीमा रिहा गर्न आदेश

८० करोड ठगीका आरोपित गुडविल सहकारीका ३ पूर्वसञ्चालकलाई धरौटीमा रिहा गर्न आदेश

यस्तै सञ्चालक सदस्यहरू किसनगणेश श्रेष्ठ, डम्बरबहादुर श्रेष्ठ, गोविन्द महर्जन र दिव्य खड्का जेठ २३ गते जनही ५–५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
 |  आइतबार, असार ६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ६, २०७८

vianetvianet

काठमाडौं- ललितपुर जिल्ला अदालतले  ८० करोड ठगी आरोपमा पक्राउ परेका गुडविल बचत तथा ऋण सहकारी संस्थाका तीन जना पूर्वसञ्चालकलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ। आइतबार पूर्वसञ्चालकहरु रविन महर्जन,  राजु महर्जन र शैलेश खड्गीलाई धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको हो। 

अदालतले रविनलाई २० लाख, राजुलाई १५ लाख र शैलेशलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। सोही मुद्दामा सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ, उपाध्यक्ष दीपेन्द्र कोइराला, कोषाध्यक्ष सपना खड्का र सचिव विशाल केसीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

यस्तै सञ्चालक सदस्यहरू किसनगणेश श्रेष्ठ, डम्बरबहादुर श्रेष्ठ, गोविन्द महर्जन र दिव्य खड्का जेठ २३ गते जनही ५–५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

उक्त सहकारीमा निक्षेप राखेका एक सयभन्दा बढी व्यक्तिले ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए। निक्षेपकर्ताको ७९ करोड ८९ लाख ठगी गरेको आरोप उनीहरुमाथि लागेको छ। अध्यक्ष श्रेष्ठ २२ चैतमा चितवनबाट पक्राउ परेका थिए। 

प्रकाशित: Jun 20, 2021| 10:17 आइतबार, असार ६, २०७८
प्रतिक्रिया दिनुहोस्