शुक्रबार, वैशाख ११, २०८३

इलाम गोल्डकपः एनआरटी र मच्छिन्द्र फाइनलमा भिड्ने

 |  बिहीबार, वैशाख १०, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १०, २०८३

मङ्गलबारे (इलाम)। डिफेन्डीङ च्याम्पियन न्यूरोड टिम (एनआरटी), काठमाडौं इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनल खेलमा रोलिङ क्लब धुलाबारी, झापालाई पराजित गर्दै एनआरटीले फाइनलको यात्रा तय गरेको हो।

National life

निर्धारित समयमा दुबै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। जसमा रोलिङ क्लबलाई ४–३ गोलअन्तरले हराउँदै एनआरटी फाइनलमा पुगेको हो। 

त्यसअघि एनआरटीका लागि विज्ञान खड्का तथा रोलिङ क्लबका तर्फबाट फागुराम चौधरीले गोल गरेका थिए। आजको खेलको म्यान अफ दी म्याच एनआरटीका गोलकिपर विशाल सुनवार घोषित भए। उनले रु आठ हजार एक नगद र ट्रफि प्राप्त गरे।

विजेता टोली एनआरटीले यही वैशाख १२ गते शनिबार मच्छिन्द्र फटबल क्लबसँग प्रतिष्पर्धा गर्ने छ। विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख पुरस्कार पाउने छन्। प्रतियोगितामा आठ टोली सहभागी थिए।

प्रकाशित: Apr 23, 2026| 19:33 बिहीबार, वैशाख १०, २०८३
प्रतिक्रिया दिनुहोस्