सोमबार, असार २९, २०८३

मुग्लिनमा ढुङ्गा खसेर लाग्दा चालकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ८२२८ नम्बरको ट्रकका चालक तनहुँ सुक्लागण्डकी नगरपालिका बस्ने ३६ वर्षीय कृष्ण ढुंगाना रहेका छन् ।

आइतबार राति ९ः३० बजे तिर ढुंगा झरेर लागेपछि गम्भीर घाइते भएका उनको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । वर्षात सँगै पछिल्लो समयमा सो सडकमा पहिरो र ढुंगा खस्ने समस्या आएको छ ।

यस्तै भरतपुर महानगरपालिका–६ देवनगरको सडकमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ फूलबारीका ना २१ प ७१८४ नम्बरको मोटरसाइकल चालक विकास विक रहेका छन् । 

आइतबार राति ९ः४५ बजे दुर्घटना भई गम्भीर घाइते भएका विकको उपचारका क्रममा राति १०ः४० बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । 

देवनगरबाट गीतानगरतर्फ आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । (रासस)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।