सोमबार, असार २९, २०८३

चिठ्ठामार्फत आज राष्ट्रियसभा सदस्यको आयु तोकिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय सभाका ५९ सांसदको कार्यकाल आज तय हुने भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आयोजना हुने गोलाप्रथामार्फत सांसदको कार्यकाल तय गर्न लागिएको हो । 

गोलाप्रथा बिहान ११ बजेपछि सुरु हुने संसद् सचिवालयले जनाएको छ । १९ सांसदको दुई वर्ष, २० जनाको चार वर्ष र बाँकी २० जनाको ६ वर्ष कार्यकाल हुने गरी गोलाप्रथा गर्न लागिएको हो । प्रत्येक दुई वर्षमा राष्ट्रिय सभाका एकतिहाइ सांसदको कार्यकाल सकिने संवैधानिक व्यवस्था छ ।

राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने, तर एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा सकिने संवैधानिक प्रावधान छ । संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाबाट गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार सोमबार गोलाप्रथा गर्न लागिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट तीनजना महिला, तीनजना खुला, एकजना दलित र एकजना अपांगता तथा अल्पसंख्यकबाट गरी आठजनाका दरले ५६ सांसदले प्रतिनिधित्व गरेका छन् ।

त्यसबाहेक तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिएका छन् । राष्ट्रिय सभाका सांसदको कार्यकाल पाँच समूहमा विभाजन गरी गोलाप्रथा गराउने नियमावलीमा व्यवस्था गरिएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।