आइतबार, मंसिर २८, २०८२

भारतका प्रसिद्ध धावक मिल्खा सिंहको निधन

भारतका प्रसिद्ध धावक मिल्खा सिंहको निधन भएको छ। 
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

काठमाडौं– भारतका प्रसिद्ध धावक मिल्खा सिंहको निधन भएको छ। उनको भारतको चण्डीगढस्थित अस्पतालमा शुक्रबार राति निधन भएको हो। 

National life

कोरोना संक्रमण भएपछि ९१ वर्षीय मिललाई पीजीआईएमईआरमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था बिग्रिएसँगै उनको शुक्रबार राति पौने १२ बजे निधन भएको बीबीसीले जनाएको छ। 

उनलाई २० मे मा कोभिड संक्रमण भएको थियो भने जुन ३ मा पीजीआईएमईआरको आईसीयूमा भर्ना गरिएको थियो। १३ जुनसम्म उनी आईसीयूमा रहेका उनको कोरोना नेगेटिभ आएको थियो। तर, फेरि उनलाई समस्या भएपछि आईसीयूमा राखिएको थियो।

यस्तै पाँच दिनअघि मात्रै मिल्खा सिंहकी पत्नी निर्मल मिल्खा सिंहको पनि कोरोना संक्रमणका कारण निधन भएको थियो। बीबीसी

प्रकाशित: Jun 19, 2021| 01:27 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।