बिहीबार, असोज १५, २०८३

स्वास्थ्यमा सुधार भएपछि दशौँ दिनमा घर फर्किए सत्यमोहन जोशी

स्वास्थ्यमा पूर्ण सुधार भएपछि दिउँसो घर पठाइएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिए। उनले भने, 'शताब्दी पुरुष सत्यमोहन जोशीको छातिमा समस्या देखिएपछि हामीले अस्पतालमा भर्ना गरेका थियौँ। उहाँमा कोरोना सङक्रमणको पनि परीक्षण भयो। सङ्क्रमण देखिएन। रक्तचाप नियन्त्रणमा आएको छ। क्षयरोगको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ।'
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी दशौँ दिनमा अस्पतालबाट घर फर्किएका छन्। श्वासप्रश्वास, छाति, मुटुको चालमा समस्या तथा रक्तचापमा समेत कमी देखिएपछि ग्वार्काेस्थित किस्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। जेठ २६ गते भर्ना गरिएका उनी शुक्रबार घर फर्किएका हुन्।

स्वास्थ्यमा पूर्ण सुधार भएपछि दिउँसो घर पठाइएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिए। उनले भने, 'शताब्दी पुरुष सत्यमोहन जोशीको छातिमा समस्या देखिएपछि हामीले अस्पतालमा भर्ना गरेका थियौँ। उहाँमा कोरोना सङक्रमणको पनि परीक्षण भयो। सङ्क्रमण देखिएन। रक्तचाप नियन्त्रणमा आएको छ। क्षयरोगको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ।'

लामो उमेरका कारण निमोनियाले असर नगरोस् भनेर ९ दिन अस्पतालमा राखेर उपचार गरिएको निर्देशक बज्राचार्यको भनाइ छ। एक हप्तापछि फलोअपका लागि शताब्दी पुरुषलाई चिकित्सकले स्वास्थ्य जाँच ‍गर्ने उनको भनाइ छ।

अस्पतालले केही समय पहिले शताब्दी पुरुष जोशी र उनकी धर्मपत्नी राधादेवीको आजीवन निः शुल्क उपचार गर्ने प्रतिबद्धता जनाएको थियो। नेपाली भाषा, कला, संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आएका जोशी गत वैशाख ३० गतदेखि १०१ वर्ष पूरा गरी १०२ वर्षमा प्रवेश गरेका छन्।

प्रकाशित: Jun 18, 2021| 14:05 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।