आइतबार, जेठ ३, २०८३

वैकल्पिक माध्यमबाटै भएपनि भर्ना अभियान सञ्चालन गर्न विद्यालयलाई सरकारको निर्देशन

स्थानीय तहसँग समन्वय गरेर स्वास्थ्यका मापदण्ड अपनाएर भर्ना अभियान सञ्चालन गर्ने केन्द्रको निर्देशन छ। टेलिफोन, इन्टरनेट, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट सूचना प्रवाह गरी भर्ना गर्न निर्देशन दिइएको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैकल्पिक माध्यमबाटै भएपनि भर्ना अभियान सञ्चालन गर्न सबै विद्यालयहरूलाई निर्देशन दिएको छ। केन्द्रले सबै विद्यालयलाई सम्बोधन गर्दै सूचना जारी गरी वैकल्पिक माध्यमबाट भएपनि भर्ना अभियान सञ्चालन गर्न निर्देशन गरेको हो। 

National life

स्थानीय तहसँग समन्वय गरेर स्वास्थ्यका मापदण्ड अपनाएर भर्ना अभियान सञ्चालन गर्ने केन्द्रको निर्देशन छ। टेलिफोन, इन्टरनेट, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट सूचना प्रवाह गरी भर्ना गर्न निर्देशन दिइएको छ।

सरकारले असार १५ सम्म पहिलो चरणको भर्ना अभियान सञ्चालन गर्न भनेको हो। दोस्रो चरणको अभियान भने आसार मसान्तसम्म सञ्चालन हुनेछ। 

यसअघि नै सरकारले असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भएकाले सबै शिक्षकहरूलाई विद्यालय पुग्न निर्देशन दिइसकेको छ।

प्रकाशित: Jun 18, 2021| 13:47 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्