काठमाडौं-भारतको सिक्किम र गान्टोकको बीच भागमा भूकम्प गएको छ ।
राति आठ बजेर ५२ मिनेट जाँदा चार दशमलव नौ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौंमा कार्यरत भूगर्वविद भरत कोइरालाले नेपाल सयमलाई जानकारी दिए ।
आइतबार गएको भूकम्प नेपालको ताप्लेजुङबाट झण्डै एक सय किलोमिटर टाढा रहेको कोइरालाले बताए । यो भूकम्पको झड्का पूर्वी नेपालमा महसुस गरिएको छ ।
भूकम्पले पुर्याएको क्षतिको कुनै विवरण आएको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४