सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आइजीपी अमेरिका उडेपछि एसपी तथा डिएसपीको सरुवा सूची सार्वजनिक

आइजीपी अमेरिका उडेपछि एसपी तथा डिएसपीको सरुवा सूची सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिका उडे लगत्तै मुख्यालयले एसपी र डिएसपीको सरुवा सूची सार्वजनिक गरेको छ। दबाब छल्नका लागि आइजीपी खनालले आफू उडेपछि मात्र सूची सार्वजनिक गर्न लगाएको स्रोतले बतायो।

आइजीपी खनाल र सशस्‍त्रका महानिरीक्षक शैलेन्द्र खनाल आइतबार राति अमेरिका प्रस्थान गर्ने भएका छन्।युनाइटेड मिसन चिफ अफ पुलिस समिटमा भाग लिन उनीहरु अमेरिका जान लागेका हुन् ।

प्रहरीमा हालै बढुवा भएका नेपाल प्रहरीका २८ एसपीको पदस्थान भएको छ।

बढुवा भएका एसपीको पदस्थापनसँगै केहीको सरुवा भएको छ । एसपी अच्यूतप्रसाद पुडासैनी प्रहरी प्रधान कार्यालय आतंकवाद नियन्त्रण महाशाखा पुगेका छन् । त्यसै प्रतापकुमार गुरुङ प्रहरी प्रधान कार्यालय र्इन्टरपोल शाखाबाट प्रहरी प्रधान कार्यालय जगेडापुल पुगेका छन् । योसँगै नेपाल प्रहरीले आइतबार विभिन्न १६ वटा निर्णय गरेको छ ।

हेर्नुहोस पदस्थापना भएका नेपाल प्रहरीका एसपीहरुको सूची





 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।