काठमाडौं– आसुसेन फिल्मको चौथो चलचित्र ‘मेरी मामु’को आइतबार शुभमुहर्त भएको छ ।
नेपाली सिने उद्योगकी पहिली नायिका भुवन चन्दले ‘क्ल्याप’ हानेर सुटिङको शुभमुहुर्त गरेकी हुन् । ‘मेरी मामु’मा निर्माता सन्तोष सेनका छोरा आयुषको मुख्य भूमिका छ । ‘प्रेम गीत–२’ की नायिका कुसुम गुरुङ, अश्लेषा ठकुरी र सारुक ताम्राकारको स्क्रिन सेयर देखिनेछ । नेपालकी पहिली हिरोइन भुवन चन्द पनि देखिँदैछिन् ।
यम थापाले निर्देशन गर्ने ‘मेरी मामु’ बाल मनोविज्ञानमा आधारित फिल्म हो । आगामी १५ भदौमै रिलिज गर्ने तय भएको छ । निर्माता सेनका अनुसार सुटिङ र प्रोडक्सनको काम एउटै गतिमा हुनेछ ।
राजधानी र चितवनलाई सुटिङको लोकेसन तय गरिएको छ । फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्दैछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४