काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ११ सयले घटेको हो।
बुधबार ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९२ हजार रुपैयाँ कायम भएको हो।
सोही परिमाणको तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहेको छ।
चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेको छ। महासंघका अनुसार बुधबार एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३४० रुपैयाँमा कारोबार हुनेभएको छ।