काठमाडौं- उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगितामा भ्याली भ्यु इङ्लिस स्कुल प्रथम भएको छ। १६औं ज्येष्ठ नागरिक सम्मान दिवसका अवसरमा समाज कल्याण परिषद्, राष्ट्रिय ज्येष्ठ नागरिक कोष र नेसनल प्याब्सनको संयुक्त आयोजनामा आयोजित प्रतियोगितामा भ्याली भ्यु प्रथम भएको हो।
भ्याली भ्यु इङ्लिस स्कुलकी कक्षा ९ मा अध्ययनरत छात्रा समृद्धि पोखरेल प्रथम भएकी छन्। उनले ५९ विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरिन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले विद्यार्थीहरूमा यस्ता कार्यक्रमले सानैदेखि जेष्ठ नागरिकप्रति सम्मान जाग्ने बताइन्। कार्यक्रम जुममार्फत आयोजना गरिएको थियो।