काठमाडौं- प्रतिनिधिसभामा आइतबार मन्त्रीहरू उपस्थित नभएकामा सत्तारुढ दलकै सांसदहरुले समेत आपत्ति जनाएका छन्। नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले मन्त्रीहरु अनुपस्थित भएर संसद्लाई उपेक्षा गरेको बताएका छन्।
ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सांसदसमेत रहेका भट्टराईले यस्तो विषय संसद्मा नियमापत्तिको वातावरण बन्ने गरी आउन नहुने ट्विटमार्फत् बताएका हुन् । मन्त्रीहरूको अनुपस्थितिमा सदनको कारवाही अगाडि बढ्न नसक्ने बताउँदै कांग्रेस सांसद अमरेशकुमार सिंहलगायतले नियमापत्तिपछि संसद् बैठक १५ मिनट स्थगित भएको थियो ।
‘संसद्लाई संसदीय व्यवस्थाको मुटु मानिन्छ, जहाँ मन्त्रीको उपस्थिति बाध्यता होइन, उत्तरदायित्व र कर्तव्यका रूपमा मन्त्रीहरूले बुझ्नुपर्छ,’ भट्टराईले ट्विटमा लेखेका छन्, ‘यसलाई प्रतिपक्षको नियमापत्ति पर्खेर बस्नु उपयुक्त होइन, ध्यान जाओस् ।’
सम्सदलाई सम्सदीय ब्यबस्थाको मुटु मानिन्छ जहाँ मन्त्रिको उपस्थिति बाध्यता होइन उत्तरदायीत्व र कर्तब्यका रुपमा मन्त्रिजिहरुले बुझ्नु पर्दछ । यसलाई प्रतिपक्षको नियमापत्ती पर्खेर बस्नु उपयुक्त होइन । ध्यानजावोस ।
— Yogesh bhattarai (@yogeshuml55) June 17, 2018
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४