सोमबार, असार २९, २०८३

खानेपानी संस्थानका १० बोर्ड सदस्य हटाइए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं:  सरकारले नेपाल खानेपानी संस्थानका दस बोर्ड सदस्यलाई एकै साथ हटाएको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले बोर्ड सदस्य हटाउने निर्णय गरेको हो। 

खानेपानी संस्थानका १९ बोर्ड सदस्य रहेका थिए। अब १० जना  बोर्ड सदस्यको कटौती गरेपछि अब ९ जना मात्र हुने भएका छन्।नेपाल चीनबीचको सहयोग सम्बन्धी कार्यक्रम र परियोजना कार्यान्वयनमा सहजीकरणका लागि संयन्त्र स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ। यसभन्दा अगाडि यस्तो संयन्त्र थिएन। यसले नेपाल चीनबीच भएको सम्झौता र परियोजना कार्यन्वयनमा सहयोग पुर्याउने छ। त्यसैगरी लेखा परीक्षक सम्बन्धि विद्येयक संघीय संसदमा पेश गर्न स्वीकृती दिने निर्णय पनि बैठकले गरेको छ। 

बैठकले सुचना प्रविधि सम्बन्धि नयाँ विधयेक तर्जुमा गर्ने र सार्वजनिक सेवा प्रसारण सम्बन्धी नयाँ विधयेक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ। उच्च सरकारी वकिल कार्यालय ओखलढुंगा र वीरजंगको दरबन्दी स्वीकृती गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।