काठमाडौं- जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच कोटेश्वरस्थित नेपाल निवासमा भेटवार्ता भएको छ। बुधबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो।
पछिल्लो समय विपक्षी गठबन्धनका नेताहरूले नेपालसँग भेटवार्ता बढाएका छन्। यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नेपाल निवास पुगी भेटवार्ता गरेका थिए।
भेटमा नेतात्रयले विपक्षी गठबन्धनलाई अझ कसिलो बनाउने निष्कर्ष निकालेका थिए।