जनकपुरधाम- सप्तरीमा बाढीले बगाउँदा एक बालकको मृत्यु भएको छ।
बलान बिहुल गाउँपालिका वडा नम्बर ४ का किसुनदेव भण्डारीको १३ वर्षीय छोरा सन्तोष भण्डारीलाई स्थानीय खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।
बुधबार अपरान्ह साढे ४ बजे स्थानीय खोलामा आएको बाढीले बालकलाई बगाएको थियो।
खोलाले बगाउँदा बेपत्ता भएका बालकको प्रहरीले खोजतलास गर्दा भारतको मधुवनी जिल्ला मझौरास्थित बलान खोलाको छेउमा शव फेला परेको प्रवक्ता काफ्लेले जानकारी दिए।