काठमाडौं- यती एयरलाइन्सको जहाज पौने दुई बजे पोखरा विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।
९एन–एएचयू कलसाइन भएको जेटस्ट्रिम जहाज हाइड्रोलिक सिस्टम बिग्रिएर धावनमार्गमा चिप्लिएको प्रहरीले जनाएको छ । ६ जना विदेशीसहित ३० यात्रु बोकेको जहाजमा सबै यात्रु सकुशल रहेको पोखराका प्रहरी उपरीक्षक ओम बहादुर रानाले जानकारी दिएका छन् ।
चालक एल चन्द, सहचालक मोनिका प्रजापति, परिचारिका के राना रहेका थिए । जहाज पार्किङ एरिया 'लुुज एरिया' बाट फर्किने क्रममा पुर्वपट्टीको घाँसे मैदानको १५ मिटर टाढा चिप्लिएको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जनकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४