सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेलम्ची बाढीमा मृतक ६ जनाको पहिचान, १० जना अझै बेपत्ता

मेलम्ची बाढीमा मृतक ६ जनाको पहिचान, १० जना अझै बेपत्ता

सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा परी मृत्यु भएका सातमध्ये ६ जनाको पहिचान भएको छ। 
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा परी मृत्यु भएका सातमध्ये ६ जनाको पहिचान भएको छ। प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका नुसार मृत्यु हुनेमा माधव भण्डारी, गणेश ज्योति, टीकामाया खड्का, ज्ञानेन्द्र कक्षपति, समुन्द्र नेपाल र च्याङ्बा तामाङ छन्। बेपत्ता १० जनाको खोजी भइरहेको छ। बाढीबाट मेलम्ची आसपासका एक हजार घरटहरा डुबानमा परेका छन्।

बाढीको जोखिममा परेकालाई नेपाली सेनाले हेलिकोप्टरबाट उद्धार गरेको थियो। बाढीले सिन्धुपाल्चोक सदरमुकाम चौतारा र मेलम्ची जोड्ने पक्की पुल बगाएको छ। हेलम्बु गाउँपालिकाका तटवर्ती क्षेत्र तिम्बु र चनौटे बजारमा ठूलो क्षति भएको छ।  बाढीबाट  हेलम्बु र आसपासका एक हजार घरटहरा डुबानमा परेको प्रारम्भिक जानकारी आएको सापकोटाले बताए।

बाढीबाट तिम्बु, चनौटे र ग्याल्थुमका बासिन्दा विस्थापित भएका छन्। चनौटे बजारका ८ वटा माछा फर्म र खेती योग्य जमिनसमेत बाढीले बगाएको छ। मंगलबार साँझ मेलम्ची आयोजनाको काम गर्ने चिनियाँ क्याम्प क्षति गरेर उर्लिएको बाढीले  वरपरका संरचना बगाउन थालेपछि हेलम्बुदेखि मेलम्ची भेगका बजार गाउँ क्षेत्रमा भागभाग चलेको थियो।

हेलम्बु, किउल, ग्याल्थुम, तिपेनी, तालामाराङ हुँदै मेलम्ची बजारका स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा सरेका छन्। सभामुख अग्नि सापकोटा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ लगायतका नेताले स्थलगत र हेलिकप्टरबाट अनुगमन गरेका छन्। यद्यपि उनीहरुले पीडितको राहतका लागि कुनै योजना भने ल्याएका छैनन्।

प्रकाशित: Jun 16, 2021| 13:57 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।