बुधबार, असोज १४, २०८३

'चलखेल सूची'को असर बजारमा, ५२ अंक घट्यो नेप्से 

आइतबार २९८३ अंकमा पुगेको नेप्से परिसूचक सोमबार ३ हजारमाथि पुग्दै नयाँ रेकर्ड बनाएको थियो। मंगलबार झिनो अंकको करेक्सन भएपनि सूचक ३ हजार भन्दा माथि नै रोकिएको थियो। बुधबार भने ३ हजार भन्दा तल झरेको हो। 
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं- पुँजीबजार सूचक नेप्सेमा ३ हजारको बिन्दुबाट तल ओर्लिएको छ। बुधबार ५२.४१ अंकले घटेर नेप्से २९६९.६९ अंकमा पुगेको हो।

आइतबार २९८३ अंकमा पुगेको नेप्से परिसूचक सोमबार ३ हजारमाथि पुग्दै नयाँ रेकर्ड बनाएको थियो। मंगलबार झिनो अंकको करेक्सन भएपनि सूचक ३ हजार भन्दा माथि नै रोकिएको थियो। बुधबार भने ३ हजार भन्दा तल झरेको हो। 

नेपाल धितोपत्र बोर्डले मंगलबार सूचीकृत कम्पनीहरुमध्ये ५१ कम्पनीको सेयरमा चलखेल भएको (चलखेल सूची) भन्दै विज्ञप्ति जारी गरेपछि त्यसको असर बजारमा देखिएको हो। बोर्डले उल्लेख गरेका अधिकांश कम्पनीहरुको सेयर मूल्य घटेको छ। 

बुधबार १५ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। 
 
प्रकाशित: Jun 16, 2021| 09:33 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्