काठमाडौं– नेपाली सेनाले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदार उद्धार गरेको छ। सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीका कारण अलपत्र परेका कामदारको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुासर हेलम्बु गाउँपालिका–१ आम्बाथानस्थित आयोजनाको मुहान नजिकैको क्याम्पमा बस्ने ७० जना कामदार र आयोजनाका कर्मचारी बाढीमा फसेका थिए।
उद्धार गरिएका ४७ जना सेनाको हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पताल लगिएको छ। बाढीले कामदार बसेको क्याम्प बगाएको थियो। केही कामदार भागेर बच्न सफल भएका छन्। केहीचाहिँ सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।