बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • खल्तीलाई आफ्नो व्यवसायमा निःशुल्क इन्टिग्रेट गर्न सकिने

खल्तीलाई आफ्नो व्यवसायमा निःशुल्क इन्टिग्रेट गर्न सकिने

 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं– खल्ती डिजिटल वालेटले यही असार महिनाभित्र खल्तीसँग सम्झौता गर्ने व्यवसायीहरुलाई (स्मार्ट उद्यमी) निःशुल्क एपीआई ‘एपीआई’ उपलब्ध गराउने भएको छ।

महामारीको बिचमा साना, मझौला तथा ठूला बजारमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने र देशको खस्कँदो अर्थतन्त्रको सुधारमा थप योगदान पुर्याउने उद्देश्यका साथ उक्त सेवा संचालनमा ल्याइएको हो।

यस सेवा अन्तर्गत, खल्तीले आफ्नो ग्राहकहरुको लागि मल्टिपल पेमेन्ट अप्सन पनि उपलब्ध गराएको छ। व्यवसायीहरुले खल्तीको एपीआई आफ्नो सिस्टममा इन्टिग्रेट गर्दा उक्त एक महिना सम्म कुनै शुल्क नलाग्ने भएको छ। यो सेवा यही असार महिना भित्र खल्तीसँग सम्झौता गर्ने मच्र्यान्टहरुको हकमा लागू हुनेछ।

आफ्नो ड्यासवोर्डमा जम्मा भएको रकम व्यक्तिले जुनसुकै बेला तुरुन्तै बैंक अकाउन्टमा ट्रान्सफर वा डिपोजिट गर्न सक्नेछन्। अब खल्ती एसडीके–एपीआईबाट मर्च्यान्टहरुले सजिलै ई बैंकिङ, मोबाइल बैंककिङ, कनेक्ट आईपीस, एससीटी कार्ड र खल्तीको ग्राहकहरुबाट झन्झटरहित भुक्तानी प्राप्त गर्न सक्ने छन्।
 

प्रकाशित: Jun 16, 2021| 08:59 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्