बुधबार, असोज १४, २०८३

नर्भिकमा जेनेटिक ल्याबसहितको आईभीएफ सेन्टर 

 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं– थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले असार २८ गतेदेखि अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको आईभीएफ एन्ड फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याएको छ ।

विभिन्न कारणले सन्तान नभएकाहरूका लागि आधुनिक प्रविधि, उपकरणले सुसज्जित नर्भिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टर सञ्चालन भएको हो।
चर्चित वरिष्ठ स्त्री रोग तथा टेस्टट्युब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले नर्भिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरबाट सेवा प्रवाह गर्नेछ ।

नर्भिक अस्पतालको आईभीएफ एन्ड फर्टिलिटी सेन्टर नेपालका अस्पतालहरूमध्येकै अत्याधुनिक एवम् सुविधायुक्त हुनेछ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरूको प्रयोग गरी स्तरीय सेवा दिने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ ।

प्रकाशित: Jun 16, 2021| 08:51 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्