सोमबार, भदौ ८, २०८३

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित

विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ। 
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं- विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ। 

गृहमन्त्रीको अध्यक्षतामा मन्त्रालयमा आज बसेको समितिको ११औं बैठकले कार्ययोजना पारित गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका प्रमुख अनिल पोखरेलले जानकारी दिए।

बैठकले देशका विभिन्न स्थानमा बाढी, पहिरोबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनामा तिव्रताका साथ काम अघि बढाउने निर्णय पनि गरेको छ। 

पोखरेलका अनुसार विपद् व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन तथा परिचालन कार्यविधि, प्रारम्भिक दु्रत लेखाजोखा कार्यविधि, गैरसरकारी संस्था परिचालनसम्वन्धी कार्यविधि र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुननिर्माणसम्वन्धी कार्यविधि पारित गरिएको हो। 

‘नेपालका विभिन्न भूभागमा भएको क्षतिको विवरण के कति छ, अहिले उद्धार, राहत तथा पुनःस्थापनामा भइरहेको प्रयासलगायतका समिक्षा गर्ने काम भएको छ’, उनले भने, ‘सबै संयन्त्रलाई प्रभावकारी रुपमा अघि बढाउने विषयमा छलफल भएको छ।’

बैठकले राहत र पुनःस्थापनाको काम भने तत्काल अघि बढाउने निर्णय गरेको छ। बैठकमा गृहमन्त्री खगराज अधिकारीले देशैभर बाढीपहिरोको जोखिम बढेको भन्दै उद्धार तथा राहतमा खटिन सबै निकायलाई निर्देशन दिएका थिए।

प्रकाशित: Jun 16, 2021| 08:49 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।