सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ८ वर्षमा ४ हजारको मृत्यु, यस्तो छ सिन्धुपाल्चोकमा विपत् शृंखला

८ वर्षमा ४ हजारको मृत्यु, यस्तो छ सिन्धुपाल्चोकमा विपत् शृंखला

२०७१ यता मात्रै सिन्धुपाल्चोकमा बाढी, पहिरो र भूकम्पमा परेर करिब ४ हजार जनाले ज्यान गुमाएका छन्। दसौं हजार अंगभंग भएका छन् । ठूला प्राकृतिक विपत्तिका कारण हरेक वर्ष मानवीय र भौतिक क्षति बेहोरिरहेको छ।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं– सिन्धुपाल्चोकलाई हरेक बर्खायाम ठूलो विपत्ति बनेर आउने गरेको छ। सिन्धुपाल्चोकमा २०७१ सालयता कुनै त्यस्तो वर्ष छैन, प्राकृतिक विपत्तिका कारण क्षति नबेहोरेको होस्। 

२०७१ यता मात्रै सिन्धुपाल्चोकमा बाढी, पहिरो र भूकम्पमा परेर करिब ४ हजार जनाले ज्यान गुमाएका छन्। दसौं हजार अंगभंग भएका छन् । ठूला प्राकृतिक विपत्तिका कारण हरेक वर्ष मानवीय र भौतिक क्षति बेहोरिरहेको छ। कमजोर भूबनोट र नदी किनारमा केन्द्रित अव्यवस्थित बसोबासका कारण सिन्धुपाल्चोकमा बर्सेनि आउने प्राकृतिक विपत्तिबाट ठूलो क्षति सहँदै आएको छ। 

२०७१ देखियताका विपत्तिका घटना

२०७१ साउन १७ गते जुरेमा पहिरो : १४५ जनाको मृत्यु, घर, विद्युत् गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मसमेत १५३ घर पूर्ण रूपमा क्षति।

२०७२ वैशाख १२ गते विनाशकारी भूकम्प : ३ हजार ५ सय ७१ जनाको मृत्यु, १ हजार ५६५ जना घाइते, ८ जना बेपत्ता, ७८ हजार ५३७ घर पूर्ण रूपमा क्षति।

२०७३ असार २१ गते भोटेकोसीमा बाढी : लिपिङ बजारका ३० घर बगाएको, तातोपानी नयाँ बस्तीका ३० घरमा क्षति, अरनिको राजमार्ग बन्द।

२०७४ साउन ८ गते लार्चामा पहिरो : लार्चा पुल बगाउँदा भोटेकोसी र तातोपानीको सम्पर्क विच्छेद, अरनिको राजमार्ग अवरुद्ध। 
    
२०७५ भदौ २ गते साँधीखोलामा पहिरो : पक्की पुल बगाएको, २२ घरमा लेदो पसेको, १२ घर जोखिममा परेको।

२०७७ असार २४ गते जम्बु बजारमा पहिरो : बाह्रबिसे नगरपालिका–५ को जम्बु बजार पहिरोले पुरिँदा २ जनाको मृत्यु, १७ जना बेपत्ता, २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त, बाह्रबिसेकै खागदलमा बाढी पहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त।

भोटेकोसी गाउँपालिकाको बुल्कुटे पहिरोमा एक जनाको मृत्यु, तीन जना बेपत्ता, लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित। अरनिको राजमार्गका खागदल र बुल्कुटेको दुईवटा पक्कीपुल क्षतिग्रस्त, लार्चाका विस्थापितलाई तातोपानीस्थित ड्राइपोर्टमा राखिएको।   

२०७७ असार ३१ गते फुल्पिङगाउँमा पहिरो : भोटेकोसी गाउँपालिकाको फुल्पिङगाउँमा खसेको पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु, ३ घर पूर्ण रूपमा क्षतिग्रस्त। 

२०७७ साउन १८ राति मेलम्चीमा पहिरो : मेलम्ची नगरपालिकाको मेलम्ची बजारनजिकैको पहिरोमा परी ९ जना मजदुरको मृत्यु, सोही रात बरुवामा घर पुरिएर २ जनाको मृत्यु।     

२०७७ साउन २२ गते चौतारामा पहिरो : चौतारा साँगाचोकगढी नगरपालिका–२, सेराफाँटमा ४ घर पुरिएर क्षति। बलेफी कात्तिके सडक अवरुद्ध। सयौं रोपनी धानखेत बगाएको। 

२०७७ साउन ३० लिदीमा पहिरो : जुगल गाउँपालिका–२ गोल्चेस्थित लिदीमा पहिरोमा ३७ घर पुरिएको। पहिरोमा पुरिएर ३९ जनाको मृत्यु।  

२०७८ असार १ गते मेलम्चीमा पहिरो : वर्षाका कारण ७ जनाको मृत्यु भएको छ। बाढीका कारण चनौटे, तिम्बु, ग्याल्थुम, मेलम्ची, बाहुनेपाटी, सिपाघाटसम्मका तटवर्ती क्षेत्रका बस्ती बगाएको छ। मेलम्ची–चौतारा सडकको पक्की पुल बगेको छ भने मेलम्ची बजार क्षेत्रका सबै संरचना बगाएको छ।

प्रकाशित: Jun 16, 2021| 09:13 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।