काठमाडौं– सरकार र निजी क्षेत्रले बनाएका ९४ वटा जलविद्युत् आयोजनाको आम्दानी सार्वजनिक भएको छ। विद्युत् विकास विभागले मंगलबार ती आयोजनाको आम्दानी सार्वजनिक गरेको हो।
सञ्चालनमा रहेका जलविद्युत् कम्पनीले वर्षौंसम्म पनि आफ्ना लगानीकर्तालाई प्रतिफल नदिएको गुनासो आइरहेका बेला विभागले आय सार्वजनिक गरेको हो। निजी क्षेत्रले बनाएका ७५ वटा र १९ वटा सरकारी आयोजनाको आम्दानी विवरण सार्वजनिक भएको छ।
विभागले आयोजनाहरुबाट उत्पादित विद्युत् र त्यसको बिक्रीबाट आएको तीन आर्थिक वर्षको आम्दानी विवरण सार्वजनिक गरेको हो।
हेर्नुस् कुन जलविद्युत् आयोजनाको कमाइ कति?