सोमबार, असार २९, २०८३

एआर्इजीसँगै प्रहरीका सात अञ्‍चल कार्यालय खारेज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले सात वटा संघीय प्रहरी एकाइ कार्यालयलाई खारेज गर्ने निर्णय गरेको छ । 

गत २७ जेठको मन्त्रिपरिषद् बैठकले कोशी, जनकपुर, वागमती, गण्डकी, लुम्बिनी, भेरी र सेती अञ्चलका संघीय एकाइ प्रहरी कार्यालय मात्र कायम राख्ने निर्णय गरेको हो । मेची, सगरमाथा, नारायणी, धौलागिरि, लुम्बिनी, भेरी र महाकालीका प्रहरी कार्यालयहरू खारेज हुने भएका छन् । 

खारेज गरिएका कार्यालयका दरबन्दी सात वटा प्रदेश प्रहरी कार्यालय र अन्य एकाइमा समायोजन गरिने केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षत्रीले जानकारी दिए । 

उक्त निर्णय १ साउनदेखि कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ । संघीय प्रहरी एकाइ कार्यालयहरू वरिष्ठ उपरीक्षक (एसएसपी)को कमान्डमा छन् । डीएसपीसहित करिब ६५ जनशक्तिको दरबन्दी हुन्छ । र, सहायक एकाइको रूपमा प्रहरी निरीक्षकको कमान्डमा एक गुल्म पनि रहन्छ । उक्त गुल्म भने प्रदेश प्रहरीमातहतमा राखिने एसएसपी क्षत्रीले जानकारी दिए । 

झापाको चन्द्रगढीस्थित मेची अञ्चल कार्यालय प्रदेश-१ अन्तर्गत् पर्छ । सप्तरीको राजविराज र पर्साको वीरगञ्जस्थित सगरमाथा र नारायणी एकाइ दुवै प्रदेश–२ मा पर्छन् । 

यस्तै, बागलुङमा रहेको धौलागिरि प्रदेश-४ मा पर्छ । रूपन्देहीको भैरहवास्थित लुम्बिनी र नेपालगञ्जस्थित भेरी एकाइ कार्यालय दुवै प्रदेश–५ मा पर्छन् । महाकाली एकाइ कार्यालय प्रदेश-७ मा पर्छ । 

१ साउनदेखि हरेक प्रदेशमा एउटा मात्र संघीय प्रहरी एकाइ रहने स्रोतको दाबी छ । जस्तो : प्रदेश-१ मा कोशी, प्रदेश-२ मा जनकपुर, प्रदेश-३ मा वागमती, प्रदेश-४ मा गण्डकी, प्रदेश-५ मा राप्ती, प्रदेश-६ मा कर्णाली र प्रदेश-७ मा सेती एकाइ कार्यालय मात्र रहनेछन् । 

विज्ञहरू भने प्रदेश प्रहरी मातहतमा एउटा मात्र एकाइ कार्यालयको औचित्य पुष्टी हुन नसक्ने बताउँछन् । ‘एउटा हाकिममाथि अर्को हाकिम राख्दा चेन अफ कमान्डको औचित्य पुष्टी हुँदैन,’एक अवकाशप्राप्त एआईजी भन्छन्, ‘प्रदेश प्रमुख डीआईजी र एकाइ प्रमुख एसएसपी दुवै राजपत्रांकित प्रथम श्रेणीका अधिकृत हुन् । र, २÷३ वटा एकाइको कमान्डरका रूपमा प्रदेश प्रहरी प्रमुख राख्दा मात्र औचित्य सावित हुन सक्छ ।’

पञ्चायतकालमा १४ वटा अञ्चलको प्रशासनिक संरचना बनाइएपछि अञ्चल प्रहरी कार्यालयहरू स्थापना भएका हुन् । ०४६ सालको परिवर्तनपछि तिनलाई क्षेत्रीय प्रहरी एकाइ नाम दिइयो । माओवादीको सशस्त्र विद्रोहका बेलामा सरकारले फेरि अञ्चलको प्रशासनिक संरचना ब्युँतायो । र, तिनलाई फेरि अञ्चल प्रहरी कार्यालय नाम दिइयो । 

२०६२÷०६३ को जनआन्दोलनपछि अञ्चलको अस्तित्व बाँकी रहेन । संघीय शासन व्यवस्था कार्यान्वयनमा गएपछि एउटा प्रदेशमा एकभन्दा बढी प्रहरी एकाइ कार्यालय राख्नुको औचित्य नरहेकाले खारेज गर्न लागिएको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।