काठमाडौं- नेपाली कांग्रेसले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणको काम युद्धस्तरमा गर्न सरकारसँग माग गरेको छ।
कांग्रेसले सिन्धुपाल्चोक,मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्लालगायतका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको क्षति गरेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएको हो।
सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, मानिसहरूलाई सुरक्षितस्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न म सरकारलाई आग्रह गर्दछु।’
स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको देउवाले जानकारी दिएका छन्।