सोमबार, भदौ ८, २०८३

बाढीपछि गृहजिल्ला पुगे स्वास्थ्यमन्त्री तामाङ

सिन्धुपाल्चोकमा मंगलबार राति अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति गरेको छ।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं- सिन्धुपाल्चोकमा मंगलबार राति अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति गरेको छ। घटनस्थलमा केन्द्रीय सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङसहितको टोली घटनास्थल पुगेको छ।

उनीसँगै घटनास्थल पुगेका तामाङका स्वकीय सचिव निर्मल बन्जाराले नेपाल समयसँग कुरा गर्दै मेलम्ची बजारमा ५० प्रतिशत घर डुबारमा परेको बताए। उनले आफूहरू घटनास्थल पुगेर उद्धारमा जुटेको बताए।

'तीन ओटा झोलुङ्गे पुल बगेका छन्। सात जना मानिस बितेको खबर सिडियोबाट प्राप्त भएको छु,' उनले भने। उनले मेलम्ची खानेपानी रहेको हेड अफिसको मुख्या क्याम्प बगाएको भन्ने खबर आएकाले ठूलो मानविय क्षति हुनसक्ने आकलन गरिएको बताए।

उनले अझै ३० जनाजति जना हराएको भन्ने खबर आएको बताए। उनले स्वास्थ्यमन्त्रीसँगै पूर्वमन्त्री दावा तामाङलगायतका व्यक्ति उद्धारमा जुटेको उबताए। केही चिनियाँ नागरिकसमेत सम्पर्क बिहीन भएको सूचना आएको उनले जानकारी दिए।

प्रकाशित: Jun 16, 2021| 05:34 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।