सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लैजाने तयारी

पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लैजाने तयारी

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ । 
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ। 

ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएको थियो।

उनको स्वास्थ्यमा समस्या देखिएपछि नयाँदिल्लीस्थित एपोलो अस्पताल लैजान लागिएको हो। 

अहिले साढे १२ बजे जहाजबाट दिल्ली लैजाने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको छ।

खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्। यसअघि खनाललाई कोरोना संक्रमण भएको थियो।

प्रकाशित: Jun 16, 2021| 05:17 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।