सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम : पहाडी जिल्ला पहिरोको जोखिममा, तराई बाढी र डुबानको

सुदूरपश्चिम : पहाडी जिल्ला पहिरोको जोखिममा, तराई बाढी र डुबानको

सुदूरपश्चिम प्रदेशका पहाडी सात जिल्ला पहिरोको र तराईका दुई जिल्ला बाढीको जोखिममा छन्।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशका पहाडी सात जिल्ला पहिरोको र तराईका दुई जिल्ला बाढीको जोखिममा छन्। राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार डोटी, बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, बझाङ र दार्चुला पहिरोको जोखिममा छन्। 

सुदूरपश्चिममा आइतबारदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले एकजनाको मृत्यु भएको छ। एक जनाको च्यापिएर मृत्यु भएको छ। खोलाले बगाएर एक जना बेपत्ता भएका छन् भने पहिरोमा च्यापिएर दुईजना घाइते भएका छन्।

प्रहरीका अनुसार बाजुराको बूढीनन्दा नगरपालिका–३ सिराडीको लौठीरुखकी ३६ वर्षीय मोतीकला लुहारको खोलाले बगाएर मृत्यु भएको छ। त्रिवेणी नगरपालिका-५ किम्नीका १३ वर्षीय कमल बुढा बेपत्ता भएका छन्। 

डोटीमा पहिरोमा च्यापिएर केआईसिंह गाउँपालिका–३ वासुदेवी देउकाँडाका ६५ वर्षीय खड्कबहादुर बमको मृत्यु भएको छ। पहिरोमा च्यापिएर वासुदेवीको झिगावस्तीका १३ वर्षीया पुनी कुँवर र १६ वर्षीया पूजा कुँवर घाइते भएका छन्।

सुदूरपश्चिममा अझै केही दिन ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। 

फाइल तस्बिर।

पूर्व सूचना प्रणाली व्यवस्थित

बाढीपहिरोबाट हुने जनधनको क्षति रोक्न पूर्व सूचना प्रणालीलाई व्यवस्थित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार वर्षा र बाढीबारे जानकारी पाउन ११५५ नम्बर र उद्धार सहायताका लागि ११४९ नम्बरमा फोन गर्न सकिने बताएको छ।

अघिल्लो वर्षभन्दा यस वर्ष बाढी तथा पहिरो दुवैको पूर्वानुमान गर्न सकिने गरी प्रणालीको विकास गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार पहिलेका वर्षहरूमा बाढीको मात्र पूर्वानुमान गर्ने गरिएकोमा यस वर्षदेखि पहिरोको पनि पूर्वानुमान गर्न सकिने सूचना प्रणाली विकास गरिएको हो। 

पहिरोको अतिजोखिम रहेका जिल्लामा यो प्रणाली विकास गरिएको प्राधिकरणले जनाएको छ। यो प्रणालीबाट जोखिममा रहेका जिल्लामध्ये कुन-कुन ठाउँमा पहिरोको जोखिम बढी छ र त्यहाँ कति पानी पर्दा पहिरो जान सक्छ भन्ने यकिन गर्न सक्छ। 

यकिन भइसकेपछि सूचना एकीकृत गरी राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र हुँदै जिल्ला र स्थानीय तहसम्म घटनाको सम्भावनाबारे जानकारी दिने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ। यसरी पूर्वानुमान भएसँगै जोखिम क्षेत्रमा रहेका व्यक्तिलाई त्यहाँबाट अन्यत्र व्यवस्थापन गर्ने गरी तयारी गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको वेबसाइटमार्फत् वर्षा र बाढीको अवस्था तथा पूर्वानुमान दिने गरेको छ। बाढी सम्भावित क्षेत्रमा साइरन बजाएर तथा एसएमएस पठाएर पनि सावधानी अपनाउन आग्रह गर्ने गरिएको विभागले जनाएको छ।

प्रकाशित: Jun 16, 2021| 05:16 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।