धनगढी- बाजुरामा खोलाले बगाएर बेपत्ता भएका एक जनाको शव भेटिएको छ। अझै एक जना भने वेपत्ता छन्।
जिल्लाको बुढीनन्दा नगपालिका-३ सिराडीको लौठी रुखकी ३६ वर्षीय मोतीकला लुहारको शव भेटिएको प्रहरीले जनाएको छ। घटना भएको ठाउँबाट २० किलोमिटर टाढा लुहारको शव भेटिएको प्रहरीले जनाएको छ।
त्रिवेणी नगरपालिका-५ किम्नीका १३ वर्षीय कमल बुढा भने अझै बेपत्ता छन्। उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ। सोमबार परेको अविरल वर्षासँगै किम्नी खोलामा आएको बाढीले बगाउँदा उनीहरू बेपत्ता भएका थिए।