सोमबार, भदौ ८, २०८३

दुई नदी थुनिएपछि आएको बाढीले मेलम्चीमा वितण्डा

सिन्धुपाल्चाेककाे  पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ३ भोताङस्थित लार्के खोलामा मंगलबार साँझ ठूलो पहिरो जाँदा इन्द्रावती नदी लगभग एक घण्टा थुनिएको थियो।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं– दुई फरक फरक ठाउँमा नदी थुनिएपछि आएको बाढीले मेलम्चीमा वितण्डा मच्चाएको छ। सिन्धुपाल्चाेककाे  पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ३ भोताङस्थित लार्के खोलामा मंगलबार साँझ ठूलो पहिरो जाँदा इन्द्रावती नदी लगभग एक घण्टा थुनिएको थियो।

नदी थुनिएपछि जोखिम बढेकाले स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका थिए। थुनिएको इन्द्रावतीमा बाढी उर्लिएपछि तटवर्ती क्षेत्रका तिपेनीलगायतका ठाउँमा क्षति पुगेको छ। त्यस क्षेत्रको इन्द्रावती हाइड्रोपावरका केही संरचना बाढी बगाएको छ। 

उता हेलम्बु गाउँपालिका १ स्थित मेलम्ची खानेपानी मुहान नजिकै नाकोतेमा भीषण पहिरोले मेलम्ची खोला थुनिएको थियो। हेलम्बु गाउँपालिका अध्यक्ष अध्यक्ष निमा ग्याल्जेन शेर्पाले  बाढीका त्रासका कारण स्थानीय बासिन्दा रातभर सुत्न नसकेको बताए। उनले मंगलबार राति केही  बेर हेलम्बुमा खोला थुनिएको थियो। उनले भने, ‘खोलाको आवाज नै आउन छोडेको थियो।’ थुनिएको मेलम्ची नदी अकस्मात खुलेपछि तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजारका बस्ती बगाएको हो। 

मेलम्ची बजार इन्द्रावती र मेलम्ची नदीको संगम हो। दुवैतिरबाट भीषण बाढी आएपछि बजारमा ठूलो क्षति पुगेको स्थानीय बताउँछन्।
बाढीमा परी मृत्यु भएका सात जनाको शव फेला परेको डीएसपी प्रकाश सापकोटाले जानकारी दिए। शवको पहिचान भने भएको छैन। बाढीमा दर्जनौं मानिस बेपत्ता भएको अनुमान गरिएको छ।

यी हुन् मेलम्चीमा बाढीले नष्ट गरेका भौतिक संरचना

सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा मंगलबार आएको बाढीले नदी किनारमा ठूलो मात्रामा भौतिक क्षति भएको छ। बढाीले मेलम्ची खानेपानी ड्याममा क्षति गरेको छ भने तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री आसपासका घर सबै बगेका छन्। यसैगरी नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुल बगाएको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले बताएका छन्।

खोला किनारका माछा फर्म बाढीले बगाएको छ। यस्तै बाढीले सदरमुकाम चौतारा जोड्ने पक्की पुल बगाएको छ। मेलम्ची बजारका रहेका आमा ह्योल्मो बसपार्क, बहुउद्देश्यीय कभर्डहल, प्रहरी कार्यालय, हेलम्बुस्थित प्रहरी कार्यालय, मेलम्ची फन पार्क गरी अर्बौंको क्षति भएको स्थानीयको भनाइ छ। 

मेलम्ची बाढीबाट विस्थापित अधिकांशले खुला आकाशमा रात बिताएका छन्। बाढीका कारण विद्युत् आपूर्ति बन्द भएको छ। वर्षा नरोकिएकाले उद्धारमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले बताए। 

प्रकाशित: Jun 16, 2021| 04:43 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।