आइतबार, कात्तिक ३०, २०८२

अनशनरत गंगामायाको ‘न्यायको अवसान’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं— गंगामाया अधिकारीको आत्माकथा  ‘न्यायको अवसान’ प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा १ गते शुक्रबार विमोचन भएको छ । 
गंगामाया अधिकारी बचाउ अभियान मूल नारा राखेर लोकार्पण गरिएको न्यायको अवसानलाई राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्मा, पूर्व महान्यायधिवक्ता कल्याण श्रेष्ठ, पूर्व मन्त्री निलाम्बर आचार्य, पत्रकार कनकमणी दीक्षित लगायतले संयुक्त रूपमा विमोचन गरेका थिए । 
द्धन्द्धकालमा गंगामायाका छोरा कृष्णप्रसाद २०६१ जेष्ठ २४ तत्कालिन माओवादीद्धारा मारिएपछि गंगामाया र उनका श्रीमान नन्दप्रसाद अधिकारीबाट न्याय पाउ भनी अनशन बसेका थिए । गंगामाया जस्ता पीडितले न्याय नपाउँदासम्म देश समृद्ध बन्न नसक्ने वक्ताहरूको समेत भनाइ थियो । 
हत्याको आरोपीलाई पक्राउ र अदालतमा विचारधिन मुद्दा छिटो फैसला गर्ने मागलाई पुस्तकमा समेटिएको पत्रकार तथा पुस्तकका सम्पादक घनश्याम खड्काले बताए ।
आरोपीको नाम किटानीसहित उनीहरू विरुद्ध २०७० चैत ३० मा दिइएको मुद्दा चितवन जिल्ला अदालतमा विचारधीन छ । राजनीतिक संरक्षकमा मुद्दा फैसलामा ढिलाई गरिएको र आफूले न्याय नपाएको गुनासो गंगामायाले गर्दै आएकी छन् । उनका श्रीमान नन्दप्रसादको अनसनको क्रममा ३३४ औं दिनमा २०७१ असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो ।  
न्याय नपाउदासम्म श्रीमानको अन्तिम संस्कार नगर्ने भनेपछि नन्नप्रसादको शव अझै त्रिवि शिक्षण अस्पताल महाराजगंज शव गृहमा राखिएको छ । न्यायको माग गर्दै गंगामाया अधिकारी वीर अस्पतालमा अनशनरत छिन् । 
पुस्तक बुकहिल पव्लिकेशनले प्रकाशन गरेको हो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्