काठमाडौं- सनम शाक्यको हत्या तथा हराएको भनिएको साढे ३३ किलाे सुनको विषयमा छानविन गर्न बनेको समितिको म्याद थपिएको छ ।
गृह मन्त्रालयका अनुसार असार मसान्तसम्मका लागि म्याद थप्ने निर्णय गरिएको हो।
शनिबारको मन्त्रिपरिषद्को निर्णयले म्याद थप गर्ने निर्णय गरेको हो । गत २० चैत्रमा गृह मन्त्रालयका सह-सचिव ईश्वरराज पौड्यालको संयोजकत्वमा गठित छानविन समितिको म्याद थपिएको यो दोस्रो पटक हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४